इन्डोनेसियास्थित पर्यटकीय क्षेत्र बाली टापुमा ज्वालामुखी विस्फोट

असार ५ काठमाडौं ।
इन्डोनेसियास्थित पर्यटकीय क्षेत्र बाली टापुमा ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा दर्जनौं उडान अवरुद्ध हुनुका साथै रद्द भएको जनाएको छ।

फ्लोरेस टापुस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी विस्फोट भएको थियो। स्थानीय समय अनुसार मंगलबार ५ः३५ र बुधबार बिहान पुनः अर्को विस्फोट भएको जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विस्फोट पछि ११ किलोमिटर माथिसम्म तातो खरानीको मुस्लो उडेको, छाता आकार आकाशमा देखिएको र सुन्तला रङको मुस्लो १५० किमि परसम्मको गाउँबाट समेत देखिएको जनाएको छ। भने हालसम्म मानवीय क्षति नभएको उल्लेख गरेको छ।

विपद्सम्बन्धी काम गर्ने स्थानीय अधिकारीहरूले ज्वालामुखी विस्फोट पछि नजिकैका दुई गाउँका स्थानीयहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।

त्यस्तै भौगर्भिक कार्यालयले स्थानीय र पयर्टकहरूलाई ज्वालामुखी विस्फोट भएको क्षेत्रको ७ किलोमिटर परिधिभित्र नजान अनुरोध गरेको छ।

समाचार संस्थाहरूले जनाए अनुसार विशेषगरी जेटस्टार, सिंगापुर, एयर एसिया लगायतका अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीका उडान बढी प्रभावित भएको बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *