आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

असार ४ काठमाडौँ ।
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०२ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ।

क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा कायम भएको छ।

चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ २३ पैसा र बिक्रीदर चार रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६५ पैसा तोकिएको छ।

त्यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ।

डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३६ पैसा र बिक्रीदर २१ रुपैयाँ ४५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ७८ पैसा छ।

बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ ६१ पैसा र विक्रीदर ३५९ रुपैयाँ १७ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *