आज सातै प्रदेश सरकारहरूले बजेट प्रस्तुत गर्दै

असार १ काठमाडौं ।
आज सातै प्रदेश सरकारहरुले बजेट प्रस्तुत गर्ने भएको छ। आर्थिक वर्ष २०८२, ०८३ का लागि प्रदेश सरकारहरुले प्रस्तुत गर्दै छन्।

आगामी आर्थिक वर्षको लागि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले बजेट ल्याउन लागेको हो।

संघीय सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने र प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउने प्रावधान अनुसार आज बजेट प्रस्तुत हुन लागेको हो।

संघीय राजधानी रहेको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराग काफ्लेले दिउँसो ३ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछन्।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे प्रदेश सभा समक्ष बजेट प्रस्तुत गर्ने छन्। मधेस प्रदेशमा अर्थमन्त्री सुनीलकुमार यादवले अपराह्न ४ बजे प्रदेश सभा समक्ष बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरूङले, कर्णालीमा आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह र सुदूरपश्चिम प्रदेशमा बहादुरसिंह थापाले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेका छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *