अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य गिरावट

फागुन २६ काठमाडौं।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ।

अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुको अनुसार ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको जनाएको छ।

अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको सञ्चार माध्यमहरुले उल्लेख गरेको छ।

बीबीसीको अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि तेलको अन्तर्राष्ट्रिय मूल्यमा गिरावट आएको जनाएको छ।

ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर युद्ध चाँडै समाप्त हुने बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज स्ट्रेटमा तेल ढुवानीमा अवरोध गरे कडा कारबाही गरिने ट्रुथ सोशलमार्फत् चेनावनी दिएका छन्।

बीबीसीका अनुसार विश्वभर कुलमध्ये झण्डै २० प्रतिशत तेल यही समुद्री बाटो हुँदै ढुवानी हुने भएकाले इजरायल–इरान युद्धका कारण समुद्री बाटोको आवागमन धेरै कम भएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *