हिमाल आरोहणबाट ७७ करोड भन्दा बढी रोयल्टी सङ्कलन

वैशाख २९ काठमाडौं ।
हिमाल आरोहण बाट ७७ करोड रोयल्टी सङ्कलन भएको छ। वसन्त ऋतुमा हिमाल आरोहण बाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको हो।

सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख रुपैयाँभन्दा बढी रोयल्टी प्राप्त भएको छ। विश्वभर बाट ५७ देशका आरोहीहरूले सगरमाथा लगायत अन्य हिमालहरू आरोहण गर्न अनुमति लिएका छन्।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको जनाएको छ । सगरमाथा बाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ।

सर्वोच्च शिखर सगरमाथा सहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएको जनाएको छ।

सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएको विभागका निर्देशक लीलाधर अवस्थीका जनाएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *