२५ वैशाख २५ काठमाडौँ ।
आज विश्वको विभिन्न देशमा रेडक्रस दिवस मनाइँदै छ।
रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरलाई उनीहरुको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष हरेका वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन पारम्भ भएको हो।
‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेहरूलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन रहेको छ।
Post Views: 7