वैशाख २१ काठमाडौं।
आज बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ।
जल तथा मौसम विज्ञान विभागको अनुसार हाल देशको मौसमी प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले बर्षा भएको जनाएको छ।
जसका कारण आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। लुम्बिनी र कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।
Post Views: 15