आज काठमाडौंमा मेघगर्जनसहित वर्षा

चैत २८ काठमाडौं ।
आज काठमाडौंमा बिहानै देखि मेघगर्जनसहित पानी परिरहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडी बाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले पूर्वदेखि सुदूरपश्चिम सम्मै वर्षा भएको जनाएको छ।

पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने अनुमान गरिएको छ। पानी लगातार भने नपर्ने केहीबेर रोकिने अनि फेरि पर्ने मौसम विद्ले जनाएका छन्।

अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भईरहेको छ। लामो समयको सुक्खा र खडेरीले आहत भएकाहरुलाई यो वर्षाले केही राहत दिएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *