आज उपत्यकासहित विभिन्न प्रदेशमा वर्षाको सम्भावना

चैत २६ काठमाडौं ।
आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षातको सम्भावना रहेको छ।

मौसम विभागको अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट जलवाष्पसहितको वायु नेपाल प्रवेश गर्दा काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ।

मेघ गर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेको जनाएको हो। काठमाडौंमा एक–दुई मिलिमिटर मात्रै वर्षाको सम्भावना छ। पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट पनि जलवाष्पयुक्त हावा आएकाले अबको दुई–तीन बदलीको सम्भावना रहेको जनाएको छ।

अबको दुई–दिन बदली र क्षणिक वर्षाको सम्भावना भएकाले अन्यत्रको पनि प्रदूषणका मात्रा तुलनात्मक रूपमा घट्ने उल्लेख गरेको छ।

मौसमविद् विनोद पोखरेलले देशका केही स्थानमा आजबाट मेघ गर्जन, हावाहुरीसहित वर्षाको राम्रो सम्भावना देखाएको बताएका छन्। उनले आज हल्का वर्षा भए पनि यो हप्ताभरि पानी पर्ने राम्रो सम्भावना देखिएको बताएका छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *