बाँदर आतंकले भोजपुर मानेभञ्याङवासी बसाइँसराइ गर्दै

चैत ४ काठमाडौं ।
बाँदर आतंकको कारण भोजपुर मानेभञ्याङका स्थानीयवासी बसाइँसराइ सरेका छन्। भोजपुर मानेभञ्याङका स्थानीयले बाँदरको कारण गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको हो।

बाँदर आतंकले गर्दा डेढ दशकको अवधिमा करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताएका छन्।

मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको जनाएका छन्। सविकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको बताए।

अर्चले गाउँका जम्मा ३५ घरमा अहिले दुई घर, भोर्लेनीका ३३ घरमध्ये तीन घर, दमाईछापमा ८० घरमध्ये ४० घर र थाक्लेमा २५ घर रहेको बस्तीमा अहिले दुई घरमात्र रहेको जनाएका छन्।

त्यस्तै गुराँसे, राणागाउँमा ६५ घर रहेकामा अहिले ३५ र मोहोरियामा ८० घरपरिवारमा अहिले ३५ घरपरिवार मात्र बाँकी रहेको शिक्षक पराजुलीले बताएका छन्।

बाँदरको कारण पूरै गाउँ खाली हुने अवस्था रहेको र यसको समधानको लागि राज्यले किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको जनाएको छन्।’

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *