फागुन २७ काठमाडौं ।
रुसमासथि युक्रेनले अहिले सम्मकै ठूलो ड्रोन हमला गरेको छ। रुसको राजधानी मस्को राज्य लगायत युरोप क्षेत्रमा रहेको भूभागहरुमा युक्रेनले दर्जनौं ड्रोनले आक्रमण गरेको हो।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार युक्रेनले रूसमा दर्जनौं ड्रोन आक्रमण गरेको जनाएको छ। रुसी समाचार संस्था तास र समाचार संस्था रोयटर्सले जनाए अनुसार त्यहाँको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आक्रमण गरिएको ड्रोन मध्यय ३३७ ड्रोन निस्तेज पारिएको जनाएको छ।
रुसी अधिकारीहरुलाइ उद्धृत समाचार संस्था रोयटर्सको अनुसार ६९ भन्दा बढी ड्रोनहरु हवाइ प्रतिरक्षा प्रणालीले नष्ट गरेको उल्लेख गरेको छ।
युक्रेनको जबाफी आक्रमणलाई युद्ध सुरु भएयताकै ठूलो ड्रोन हमला भएको रोयटर्सले जनाएको छ। युक्रेनी हमला बाट मस्कोका विड्नोय र डोमोडेडोवो सहरमा तीन घाइते एक जनाको मृत्यु भएको छ।
रूसी अधिकारीहरूको दाबी सत्य भए त्यो युक्रेनमाथि आक्रमण सुरू भएयताकै ठूलो ड्रोन हमला रहेको त्यस हमला बाट सातवटा अग्ला अग्ला भवनहरूमा क्षति पुगेको साथै डोमोडेडोवोको रेल स्टेशनमा पनि सामान्य क्षति पुगेको तासको समाचारमा उल्लेख गरिएको छ।