फागुन २२ काठमाडौं ।
सैन्य अभ्यासका क्रममा दक्षिण कोरियामा गल्तीले ८ बम खसेको छ। बीबीसीको अनुसार दक्षिण कोरियाली वायुसेनाले सैन्य अभ्यासका क्रममा एउटा लडाकु विमानले गल्तीले सर्वसाधारण माथि आठ बम खसालेको जनाएको छ।
दक्षिण कोरियाली बायुसेवाको विमानसँग सम्बन्धि घटना कोरियाली सीमा नजिकै रहेको पोचियोन सहरमा भएको थियो।
यस घटनामा सात जना घाइते भएको र जसमध्ये चार जनाको गम्भीर रहेको बीबीसीले उल्लेख गरेको छ।
दुर्घटनावश खसेका आठवटा बममध्ये एउटा मात्र बम विस्फोट भएको बाँकी बम डिस्पोजल टोलीले अन्य सात बमलाई सुरक्षित रुपमा निष्क्रिय पार्ने काम भईरहेको पोचियोनका अधिकारीले जनाएका छन्।
थप घटना हुन नदिनका लागि आसपासका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ।
Post Views: 63