फागुन २२ काठमाडौं ।
आज राष्ट्रिय सभामा पाँच अध्यादेश प्रस्तुत हुँँदै छ। आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छ। राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने र प्रतिनिधिसभा बैठक दिउँसो १ बजेसंसद् सचिवालयले जनाएको छ।
सरकारले जारी गरेको ६ मध्ये ५ अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रस्तुत हुने अध्यादेश मध्य पाँचवटा अध्यादेशलाई नियर्णर्थ प्रस्तुत हुने जनाएको।
राष्ट्रिय सभामा प्रस्तुत हुन लागेका अध्यादेश सुशासन प्रबद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ रहेको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१
आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ प्रस्तुत हुन लागेका छन्।
प्रतिनिधिसभा बैठकमा उद्योग मन्त्री दामोदर भण्डारीले निकासी पैठारी नियमन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।