भूटान, माल्दिभ्स र भारतको प्रतिनिधिसँग राष्ट्रपति पौडेलको भेट

फागुन १३ काठमाडौँ ।
भूटान, माल्दिभ्स र भारतको प्रतिनिधि सँग राष्ट्रपति रामचद्र पौडेलले भेट गरेका छन्।

भूटान, माल्दिभ्स र भारतको प्रतिनिधि युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको टोली सँग राष्ट्रपति निवास, शीतल निवासमा भेट भएको हो।

फागुन ९ गते देखि नेपाल भ्रमणमा आएको ३४ जनाको प्रतिनिधि टोली रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलको टोलीले भेट गरेको छन्।

नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्दै आएको जनाएको छ।

एनसिसीले असल अभ्यासको आदान–प्रदानसहित युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *