आज सेयर बजारमा बृद्धि

माघ २९ काठमाडौं ।
आज सेयर बजारमा बृद्धि भएको छ। अघिल्लो पाँच दिनसम्म लगातार झरेको सेयर बजार आज बढेको हो।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५४ अंक बढेको छ ]। सो वृद्धिपछि नेप्से २६८३ अंकमा भयो भने कारोबार रकम पनि बढेको छ।

आज ७ अर्ब २४ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो।

आज विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशत, हाइड्रोपावर १.५७, लगानी ०.४८ र उत्पादन ०.०१ प्रतिशत बढ्यो भने व्यापार समूह सबैभन्दा धेरै १.०५ प्रतिशत घट्यो।

अन्य ०.०१, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०४, जीवन बीमा ०.०८, होटल तथा पर्यटन ०.४७, फाइनान्स ०.२९ तथा बैंकिङ ०.२० प्रतिशत घट्यो।

चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बढेको कम्पनीमा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स छन्।

त्यस्तै सप्तकोशी विकास बैंकको ८.५, इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढ्यो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *