माघ १४ काठमाडौं ।
सरकारले भारतबाट ९० हजार टन गहुुँ आयात गर्न आवेदन मागेको छ। भारतबाट गहुँ आयात गर्न इच्छुक कम्पनी, फर्मका लागि आवेदन मागेको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुसार भारतबाट गहुँ आयात गर्न आज सार्वजनिक सूचना जारी गरेको छ।
इच्छुक कम्पनी, फर्मले ७ दिनभित्र विभागमा आवेदन दिइसक्नुपर्ने जनाएको छ। आयात गर्न चाहने फर्म, कम्पनीको चुक्ता पूँजी कम्तीमा १ करोड रुपैयाँ बराबर हुनुपर्ने सर्त राखेको छ।
विभागका अनुसार इच्छुक कम्पनील न्यूनतम १ सय टन र बढीमा १० हजार टनसम्म गहुँ आयात गर्न पाउने गरी कोट बाँडफाँड गर्न छ।
कोटा प्राप्त भएको मितिले ३ महिनाभित्र आयात गरिसक्नुपर्ने छ भने अनुमति प्राप्त गरेका कम्पनीले गहुँ आयात गर्न नसक्ने भए अनुमति पाएको मितिले १५ दिनभित्र विभागलाई जानकारी दिनुपर्ने जनाएको छ।
गहुँ आयातका लागि नेसनल कोअपरेटिभ एक्स्पोर्टस लिमिटेडलाई शतप्रतिशत अग्रिम भुक्तानी गर्नु पर्र्ने हुँदा वित्तीय स्रोत सुनिश्चितता भएको हुनुपर्ने, कम्पनीले माग गरेको आधारमा प्राप्त कोटा विभागबाट अघिल्लो वर्ष आवेदक कम्पनीले राजस्वमा गरेको योगदान र खाद्यान्न आयातमा अनुभव भएकालाई गहुँ आयात गर्न सक्ने क्षमताका आधारमा प्राथमिकता दिई बाँडफाँट गरिने विभागले जनाएको छ।