गृहमन्त्री रमेश लेखक र एडीबी निर्देशक आर्नो बिच भेटवार्ता

माघ १० काठमाडौँ ।
गृहमन्त्री रमेश लेखक र एडीबी निर्देक आर्नो कोस्वाले बिच भेटवार्ता भएको छ।

आज एसियाली विकास बैंक (एडीबी) नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले गृहमन्त्री रमेश लेखक सँग भेटवार्ता गरेका हुन्।

मन्त्री लेखकले सुदुरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माण, पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोन्नति, कैलालीको गोदावरीदेखि डडेलधुरासम्मको सडक स्तरोन्नति, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चाँदनी सुख्खा बन्दरगाअ वरपर अन्य भौतिक संरचना निर्माण गरी सहयोग गर्न एडीबीलाई आग्रह गरेका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडीबीले  पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेका छन्।

त्यस्तै मन्त्री लेखक र एडिबी निर्देशक आर्नो कोस्वाबिच सुदूरपश्चिममा चार पालिकामा एडीबीको सहयोगमा बनिरहेका आधुनिक सहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सहयोगको विषयमा समेत छलफल भएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *