विद्युतीय सवरी साधनको प्रमोसन बढाउन चार्जिङ स्टेशन बढाउनुपर्छः कुलमान

माघ ३ काठमाडौँ ।
विद्युतीय सवरी साधनको प्रमोसन बढाउन चार्जिङ स्टेसन बढाउनु पर्ने कुलमान घिसिङले बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताएका हुन्।

आज स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्यालीमा सहभागी हँदै घिसिङले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताएका छन्।

पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको उल्लेख गर्दै उनले देशभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको बताएका छन्।

इप्पानको इभी ¥यालीले अभियानलाई ठुलो सहयोग पुगेको घिसिङको भनाइ थियो। पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको बताउँदै उनले विद्युतिय चार्जिङ स्टेसन बढाउन पर्नेमा जोड दिएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *