माघ २ काठमाडौं ।
युक्रेनले रुस माथि अहिलेसम्मकै ठुलो हमला गरेको छ । युक्रेनले रुसको कयौं स्थानमा आक्रमण गरेको हो।
सन् २०२२ को शुरुमा दुई देशबीच युद्ध शुरु भएयताको यो सबैभन्दा ठुलो आक्रमण भएको दाबी युक्रेनले गरेको छ।
युक्रेनको गुप्तचार निकायले बीबीसीलाई बताए अनुसार यो आक्रमण रुसी क्षमतामाथि पीडादायी प्रहार गरेको थियो।
युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्टर्म श्याडो क्रुज मिसाइललाई खसालेको दाबी रुसको छ।
युक्रेन आक्रमणका कारण दक्षिणपश्चिमी रुसी शहर साराटोभमा विद्यालयहरू बन्द गरिएको छ। यो आक्रमणको जवाफ दिने रुसले बताएको छ।
Post Views: 40