२५७६ अंकमा झर्यो नेप्से परिसुचक

पुस १६ काठमाडौं ।
आज सेयर बजारको नेप्से परिसुचक २५७६ अंकमा झरेको छ।

अघिल्लो दिन २६०९ अंकमा रहेको नेप्से आज दिन ३३.०८ अंक घटेर २५७६ अंकमा झरेको हो। बजार घट्दा पनि कारोबार रकम भने बढेको छ । आज ५ अर्ब ६७ करोडको कारोबार भएको छ।

जम्मा २८ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो। विकास बैंक २.७७, फाइनान्स ५.१९, होटल बैंकिङ ०.९२ तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन १.५१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा ०.९५ र व्यापार २.९७ प्रतिशत घटे।

नाडेप लघुवित्त र उपकार लघुवित्तको मूल्य ४ प्रतिशत, निफ्राको ३.३२, रसुवागढी हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य बढ्यो । भने ४ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ।

जानाकी फाइनान्स, पोखरा फाइनान्स,सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत, गुहेश्वरी फाइनान्सको ९.३, बोटलर्स नेपाल तराईको ९.२५, मल्टिपर्पस फाइनान्सको ७.८, सेन्ट्रल फाइनान्सको ७.२२ तथा गुराँस लघुवित्तको ६.९ प्रतिशत मूल्य घटेको छ।

कारोबारका आधारमा प्रभु बैंक, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, जानाकी फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रह्यो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *