५ देशका लागि नियुक्त भएका राजदूतले लिए शपथ

पुस ८ काठमाडौं ।
५ देशका लागि नियुक्त भएका राजदूतहरुले आज शपथ लिएका छन्।

आज विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त राजदूतहरुलाई शपथ खुवाएका छन्।

शपथ लिनेहररुमा रुसी महासंघका लागि जङ्गबहादुर चौहान, संयुक्त अधिराज्य (बेलायत)का लागि चन्द्रकुमार घिमिरे, स्पेनका लागि शनिल नेपाल, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे र भारतका लागि नियुक्त भएका डा. शंकरप्रसाद शर्मा रहेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *