पुस ७ काठमाडौं ।
आज साताको पहिलो दिन सेयर बजार कारोबार १३.५३ अंक (०.५३ प्रतिशत) ले घटेको छ।
आज सेयर बजार २५८३.२९ बिन्दुमा रोकिएको हो। कुल ३ सय १९ धितोपत्रको ५७ हजार ८ सय ६३ वटा कारोबार भएको छ। सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७ रुपैयाँ बराबर कारोबार भएको छ।
आज जलविद्युत्, उत्पादन तथा प्रशोधन बाहेक सबै उपसमूहको मूल्य घटेको छ। घटेको सेयर बजारमा पनि चार वटा धितोपत्रको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, बाराही हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। सुपर मादी हाइड्रोको ९.९९ र पिपुल्स पावरको मूल्य ९.७१ प्रतिशतले बढेको छ।
गरिमा विकास बैंक ४.५२ र नारायणी विकास बैंकको सेयर मूल्य ४.३८ प्रतिशत, सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ६.४० प्रतिशत र मायाखोला हाइड्रोको ६.१२ प्रतिशतले घटेको छ।
आज रिभर फल्स पावर कम्पनीको सबैभन्दा धेरै २२ करोड ३ लाख रुपैयाँ को कारोबार भएको छ।