पुस ७ काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंधका अनुसार आज नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ।
आज सुनको भाउ प्रतितोला एक हजार एक सय रूपैयाँले बढेसँगै छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेर प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँ र चाँदी प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको थियो।
Post Views: 37