पुस ३ काठमाडौं ।
सेयर बजारमा आज दुई लघुवित्त कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ।
आज नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो। सेयर कारोबार ४ अर्ब २७ करोड भएको छ।
आज ३१४ वटा धितोपत्रको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर किनबेच भएको हो। ८१ कम्पनीको सेयर मूल्य बढेको छ। भने १४९ वटाको घट्यो यस्तै १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
उपकार लघुवित्त र सपोर्ट माइक्रोफान्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेका हो। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः तीन हजार ४१८ रूपैयाँ ८० पैसा र तीन हजार २५ रूपैयाँ कायम भएको छ।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरो मूल्य सर्वाधिक ९.९० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ६७६ रूपैयाँमा झरेको छ।
बुुधबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।