मंसिर २९ काठमाडौं ।
विदेशी विद्यार्थीसँग क्यानडा सरकारले शैक्षिक विवरण मागेको छ।
सरकारले विदेशी विद्यार्थीहरूलाई इमेल पठाएर विभिन्न शैक्षिक विवरण र कागजातहरू पेश गर्न भनेको हो।
टाइम्स अफ इन्डियाका अनुसार क्यानडाको इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप विभाग (आईआरसीसी) ले विदेशी विद्यार्थीहरूलाई इमेल पठाउन थालेको छ।
त्यहाँको अध्यागमन विभागले विदेशी विद्यार्थीसँग भिसा, अध्ययन अनुमतिपत्र, शैक्षिक रेकर्ड, अंकपत्र, हाजिरी लगायतका विवरण माग्दै इमेल पठाएको छ।
तीमध्ये धेरै विद्यार्थीको भिसा दुई वर्षसम्म मात्र मान्य छ। क्यानडा सरकारले विदेशी विद्यार्थीहरूका लागि एकपछि अर्को नियमहरू कडा पार्दै गएको सन्दर्भमा इमेल पठाएर कागजात मागेको हो।
Post Views: 32