राष्ट्रपतिले घोषणा गरे दक्षिण कोरियामा ’इमरजेन्सी मार्सल ल’

मंसिर १८ काठमाडौं ।
राष्ट्रपति यून सुक योलेले दक्षिण कोरियामा ’इमरजेन्सी मार्सल ल’ को घोषणा गरेका छन्।

द न्यूयोर्क टाइम्सको अनुसार विपक्षी पार्टीलाई ’विद्रोहको योजना बनाएको’ र ’स्वतन्त्र लोकतन्त्र ढाल्ने प्रयास गरेको’ आरोप लगाउँदै दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलेले मंगलबार आपतकालीन मार्सल ल (सैनिक कानुन) घोषणा गरेको जनाएको छ।

मार्सल ल घोषणा गरे पनि नागरिक र राजनीतिक दलहरूका लागि कुन कुन अधिकार निलम्बित हुन्छन् भनेर राष्ट्रपति यूनले केही बताएका छैनन्।

मार्सल लका कमान्डर नियुक्त भएका सेनाका जनरल पार्क आन–सूले भर्खरै राजनीतिक दलहरूका गतिविधि र नागरिकले गर्ने ¥यालीहरू सहित ’सबै प्रकारका राजनीतिक गतिविधि’ माथि प्रतिबन्ध लगाएको द न्यूयोर्क टाइम्सले जनाएको छ।

दक्षिण कोरियामा सन् १९८० को दशकको अन्त्यमा सैन्य तानाशाही समाप्त भएपछि पहिलोपटक राष्ट्रपतिले मार्सल ल घोषणा गरेका हुन्।

’सबै मिडिया र प्रकाशनहरू मार्सल लको कमान्डको नियन्त्रणमा रहने जनरल पार्कले जनाएको छ। मार्सल ल आज मंगलबार राति ११ बजेबाट लागू हुँदै छ।

स्थानीय सञ्चार माध्यमहरूले भने मार्सल लले अभिव्यक्ति स्वतन्त्रता नै संकुचित र सीमित गर्न सक्ने बताएका छन्। राष्ट्रपति यूनले इमरजेन्सी मार्सल ल घोषणा गरेपछि नेसनल एसेम्ब्ली भवनबाहिर विरोध–प्रदर्शन सुरू भएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *