विपद् प्रभावित जिल्लालाई राहत पठाइयो

असोज १४ काठमाडौं ।
विपद् प्रभावित जिल्लाहरुका लागि २ करोड ३० लाख पठाईएको छ।

बागमती प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि १३ जिल्लालाई २ करोड ३० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। बागमती प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत उक्त रकम सम्बन्धित जिल्लाहरुमा विपद् व्यवस्थापनका लागि राहत पठाउने भएको हो।

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णय अनुसार विपद् बाट बढी क्षति भएको जिल्लाहरुलाई राहत रकम दिन लागिएको हो। जसमा काभ्रे ६० लाख, धादिङ ५० लाख, ललितपुर ३० लाख, काठमाडौँ र सिन्धुपाल्चोकलाई २० लाख, रामेछाप, दोलखा, सिन्धुली, मकवानपुर र भक्तपुरलाई १०, १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।

रकम सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिने र सम्बन्धित जिल्लाबाट माग भई आएको खण्डमा राहत रकम वितरणका लागि थप रकम समेत उपलब्ध गराइने जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *