देशभरि मनसुन, माथिल्लो मनाङमा हिमपात

असोज १२ काठमाडौं ।

देशभरि मनसुन भएसँगै माथिल्लो हिमाली जिल्ला मनाङमा हिमपात भएको छ।

हिमपातले माथिल्लो मनाङमा पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित बनेका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिएका छन्। माथिल्लो मनाङका टङ्की, खाङ्सार, थोराङ्ला भञ्ज्याङ, नार, तिलिचो बेसक्याम्प लगायत क्षेत्रमा हिमपात भएको हो।

हिमपात भएपछि पदयात्री, पर्यटक, स्थानीयलाई सडक तथा सवारीसाधनको अवस्था विश्लेषण गरेर मात्र यात्रा तय गर्न सूचित गराएको छ। हालसम्म अधिक हिमपात नभएको यहाँ रहेका पर्यटक रमाइरहेका छन्, तर यात्रा नगर्न आग्रह गरिएको छ।

जिल्लास्थित पर्यटन व्यवसायी समितिका अनुसार मनाङ गाउँमाथि हिउँ परिरहेकाले जनजीवन प्रभावित बनेको बताए। हिउँले पर्यटक आवागमनलाई खासै फरक नपरे पनि किसानलाई बाली स्याहार्न समस्यामा पारेको बताएका छन्।

समय अघि हिउँ परेपछि किसानलाई गहुँ, फापर लगायत अन्नबाली थन्क्याउन सास्ती भएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *