असोज १० काठमाडौं ।
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि सुविधासम्पन्न पर्यटन सूचना केन्द्र निर्माण हुने भएको छ।
ढोरपाटन भ्रमणमा आउने पर्यटकका लागि सूचनाको अभाव भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बड्न थाले पछि। आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको हो।
ढोरपाटनमा सिकार खेल्न विदेशी सिकारी हेलिकप्टर चाटर्ड गरेर आउने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्गमार्फत भ्रमण तथा अवलोकनमा आउने गरेका छन्।
ढोरपाटन नगरपालिकाले पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएपछि पर्यटन विभागले यहाँ पर्यटन सूचना केन्द्र निर्माण गर्न लागेको जानकारी दिएको छ। यसैलाई लक्षित गरी पर्यटन विभागले चालु आर्थिक वर्षमा सूचना केन्द्र निर्माण गर्न लागेको जनाइएको छ।
चालु आर्थिक वर्षमा रु चार करोड लागतमा उक्त पर्यटकीय पूर्वाधार केन्द्र निर्माण गरिने छ। पर्यटकीय पूर्वाधारसहित सूचना केन्द्र निर्माणका लागि जग्गाको व्यवस्थापन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नगरपालिकाले बनाएको थियो।
नेपालकै एक मात्र सिकार आरक्ष भएकाले महङ्गो शुल्क तिरेर नाउर र झारलको सिकार गर्न यहाँ पर्यटक आउने गरेकाले उनीहरूको सहजताका लागि सूचना केन्द्र केन्द्र निर्माण गर्न लागिएको बताए।
ढोरपाटनमा आर्थिक वर्ष २०८०,८१ मा १५ हजार पाँच सय ७३ जना आन्तरिक र बाह्य पर्यटक भित्रिएका र त्यसबाट रु १९ लाख राजश्व सङ्कलन भएको आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दिप पङ्गेनीले जानकारी दिए।