भदौ २५ काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा भ्रमणलाई १६ सदस्य टोली घोषणा टोलीमा अर्जुन र रिजनको पुनरागमा गरेको छ।
क्यानले रोहितको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा विकेटकिपर अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले पुनरागमन गरेका छन्। अर्जुनले सन् २०२३ आईसीसी विश्वकप एकदिवसीय छनोटमा आयरल्यान्डविरुद्ध खेलपछि पुनरागमन गरेका हुन्।
टोलीमा अन्य भने खासै परिवर्तन छैन। १६ सदस्य टोलीमा देव खनाल ट्राभल रिजर्भ खेलाडीमा छन्। लिग २ मा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ। त्यस्तै नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ। भने लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी२० आई सिरिज हुनेछ।
Post Views: 44