असार ३ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत स्वार्थ र आफ्नो भविष्यमात्रै नहर्ने र देशको भविष्य सोचा प्रति सोच्न आग्रह गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन सबैमा अपिल गरेका हुन्।
हाम्रा गतिविधिहरू व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ।’ उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि र सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्त्व दिइएको बताए।
प्रधानमन्त्रीले राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिंदै सबैलाई आ–आफ्नो कर्ममा समर्पित हुन आग्रह गरे।