चैत २७ काठमाडौं ।
काठमाडौंको व्यस्त बजार असनमा सोमबार अधिकांश मानिसहरु रातो, निलो र पहेँलो टोपी र टिसर्टमा सजिएका थिए । उनीहरु तीनवटा खट घुमाउँदै जात्रा मनाइरहेका थिए ।
सुरुमा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । त्यस पछि टेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ । त्यस पछि कंकेश्वरीलाई पनि खटमा राखेर ल्याइन्छ र तीन पटक परिक्रमा गराएर बलेको चिराग साटफेर गरि यो जात्रा मनाइन्छ ।
यो जात्रा असनमा हरेक वर्ष हर्षोल्लासका साथ मनाइन्छ । यसलाई अजिमाहरुको भेटघाट पनि भन्ने गरिन्छ ।
Post Views: 52