बाबुराम भट्टराई मिटरब्याज पीडितको आन्दोलनमा

काठमाडौं २४ फागुन ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउन मार्चपासमा सहभागी भएका छन् ।

केहि हप्ता अघि पैदल यात्रा गरेर काठमाडौं आइपुगेका मिटर ब्याज पिडितहरुले निरन्तर गरिरहेका आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्ने भृकुटीमण्डप देखि भद्रकालीसम्म मार्चपासमा सहभागी भएर उनले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा बनेको मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

 

भट्टराईले पिडितहरुको मार्चपास कार्यक्रमलाई सम्बोधन गर्दै, प्रधानमन्त्री प्रचण्डलाई हिजो जनयुद्धमा जालीतमसुक च्यातेको स्मरण गराउँदै भने, ‘म अहिले च्यात्नुस्, आगो लगानुस् भन्दिन। तर, तपाईंहरु एउटै निर्णय गरेर निश्चित रकमसम्मको ऋण मिनाहा गर्ने तुरुन्त घोषणा गर्नुस्।’ साहुकारहरुसँग झुटा तमसुक र लिखतहरु भएको भन्दै डा. भट्टराईले भने, ‘त्यसलाई राख्नुस् र एउटा घोषणा गर्नुस् ।’ भनेका छन् ।

 

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट अवधेश कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी राखेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *