लोक गायक महेश नेपालको नयाँ लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ ।
शुक्रबार “कुहुकुहु” बोलको लोक गीत सार्वजनिक गरेको हो। अमृत आचार्य “माइला गुरु” र लक्ष्मी खड्काको स्वर रहेको गीतमा महेश नेपालको शब्द र सुफिक्स मदनको संगीत रहेको छ।
उक्त गीतको भिडियोमा शिशिर बुढाथोकी, आशा भुषाल, आयुष आचार्य लगायत कलाकारहरुको अभिनय रहेको छ।
शिशिर बुढाथोकीको निर्देशनमा तयार भएको गीत रामहरी भण्डारी युट्युब च्यानल मार्फत बजारमा आएको हो ।
Post Views: 40