नेपाल राष्ट्र बैंकले पछिल्लो वर्ष गर्यो ७ खर्ब बढीको नोट नष्ट

मंसिर ३ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले पछिल्लो वर्ष ७ खर्ब बढीको नोट नष्ट गरेको छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ७ खर्ब ६५ अर्ब ७४ करोड रूपैयाँ बराबरका नोट नष्ट गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार चलनचल्तीमा पठाउन नमिल्ने झुत्रा, मैला र च्यातिएका नोट नष्ट गरेको जनाएको हो ।

बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले बैंकमा जम्मा गरेका पुराना नोट सट्टाभर्ना गरी नयाँ नोट लिने गर्छन् । त्यसरी संकलन भएका नोटमध्ये पुनः चलनचल्तीमा पठाउन नमिल्ने नोटहरु नष्ट गरिन्छ ।

नोटमा माटो, धुलो, चिल्लो पदार्थ लाग्ने, पानीले भिज्ने, अक्षर तथा चित्र मेटिने र च्यातिने हुँदा ती नोट प्रयोग गर्न अयोग्य हुँनुका साथै कारोबारमा प्रयोग गर्दा असहज हुने र नोटको गुणस्तर तथा सुरक्षा समेत कायम राख्न कठिन हुने भएकाले राष्ट्र बैंकले तिनलाई चलनचल्ती बाट हटाउने गर्छ ।

बैंकले अयोग्य नोटलाई मेसिन बाट टुक्र्याएर थिची ब्रिकेट बनाइ पुनः कारोबार गर्न नमिल्ने बनाउछ ।

राष्ट्र बैंकसँग २०८३ असार मसान्तसम्म विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रूपैयाँ बराबरका नयाँ नोट मौज्दात रहेको जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *