चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ्दै

मंसिर ३ काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ्दै गएको छन् ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको हो ।

पछिल्लो समय दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका जनावर हेर्ने मोह बढेसँगै पर्यटकको सङ्ख्या पनि बढ्दै गएको निकुञ्ज स्रोतले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गत वर्षको चार महिनाको तुलनामा यस वर्ष १६ हजार २१२ जना पर्यटक बढेको बताएका छन् । भने चालु आर्थिक वर्षको साउनयता ८४ हजार ५४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको बताएका छन् ।

जस मध्ये नेपाली ४५ हजार ३६८, सार्क मुलुकका ३ हजार ७८७ जना र तेस्रो मुलुकका ३४ हजार ८९९ जना पर्यटकले निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनको भ्रमण गरेको जनाएको छ ।

निकुञ्जले यस आर्थिक वर्षको ४ महिनामा रु. १० करोड ६ लाख ४ हजार ३०६ राजस्व सङ्कलन गरेको जनाएको छ ।

विभिन्न शीर्षकमा राजस्व सङ्कलन गरेको मध्ये सबैभन्दा बढी पर्यापर्यटन बाट प्राप्त राजस्व रु. ९ करोड ७३ लाख १६ हजार ५००, काठ र दाउरा बिक्री बापत रु. २८ हजार ६५५, गैरकाष्ठ वन पैदावार बिक्री बापत रु. १८ लाख १३ हजार १८१ र दण्ड सजाय बाट प्राप्त राजस्व रु. २ लाख १३ हजार ३०० गरेको जनाएको छ ।

अन्य शीर्षक बाट प्राप्त राजस्व (बेरुजुसमेत) को रु. १२ लाख ३२ हजार ७०० सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *