मंसिर २, काठमाडौं
नेपाली कम्युनिष्ट पार्टी रामेछाप जिल्ला समितिले सातवटा स्थानीय तहरुमा एकै दिन राष्ट्रिय जागरण अभियान उदघाटन गरेको छ पार्टी केन्द्रको निर्यण बमोजिम भूगोलमा पार्टी र जनता संग नेता कार्यकर्ताको हातेमालो लिएर अगाडि बढेको हो l
रामेछाप जिल्ला समितिको गत कार्तिक २८ गते भएको बैठकको निर्यण बमोजिम आठ वटै स्थानीय तहमा मंसिर २ गते राष्ट्रिय जागरण अभियान सुरु गर्ने निर्णय भएको थियो तर गोकुलागंगा गाउँपालिका भने प्राविधिक कारणले मंसिर ५ गते मात्र हुने बताइएको छ l
आगामी हुने स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा निर्वाचन लक्षित कार्यक्रम सहित पुर्व गृह राज्यमंत्री तथा जिल्ला इन्चार्ज/केन्द्रिय सदस्य श्याम कुमार श्रेष्ठ मन्थली नगरपालिका,जिल्ला संयोजक लाल सिंह घिसिंङ उमाकुण्ड गाउँपालिका,
प्रदेश सभा (क)/केन्द्रीय सदस्य माननीय तारा नारायण श्रेष्ठ रामेछाप नगरपालिका, प्रदेश सभा (ख)/केन्द्रीय सदस्य माननिय युवराज चौलागाई सुनापति गाउँपालिका,
दोरोम्बा शैलुंग गाउँपालिका अध्यक्ष/केन्द्रीय सदस्य मैन कुमार मोक्तान दोरोम्बा शैलुंग गाउँपालिका, केन्द्रीय सदस्य रोज मोक्तान खाँडादेवी गाउँपालिका र केन्द्रिय सदस्य मेघराज तामांग लिखु गाउँपालिकामा नेताहरुले उदघाटन कार्यक्रमलाई संबोधन गरेको जिल्ला संयोजक लाल सिंह घिसिङले डाईनामिक खबरलाई जानाकारी दिनु भएको छ l
यस्तो कार्यक्रम सोचिरहेको भएता पनि पार्टी केन्द्रबाट भएको निर्यणले थप हौसला मिलेको, यो कार्यक्रम अब ६४ वटै वडामा जाने र नेता कार्यकर्ता जनता संगै रहने हुँदा यसले पार्टीलाई जीवन्त राख्ने तथा आवधिक हुने निर्वाचनमा पनि पार्टीले सजिलै जित्न सकिने संयोजक घिसिंङले डाईनामिक खबरलाई बताउनु भएको छ l

