मंसिर १ काठमाडौं ।
मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान हुने भएको छ ।
लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको हो ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय अभियान यस वर्ष सन् २०२६ नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् २०८३ मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘UNiTE to End Violence Against Women and Girls: Ensure justice, protect survivors, end impunity’ रहेको छ ।
यसको नेपाली भावार्थ महिलाहरू तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि एकजुट हुँदै न्याय सुनिश्चित गर्ने, पीडितको संरक्षण गर्ने र दण्डहीनताको अन्त्य गर्ने भन्ने छ ।
नेपालले भने यस वर्षको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता ः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ तय गरेको छ ।
अभियानले महिला तथा बालिका माथि हुने सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता र ऐक्यबद्धता अभिवृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ ।
