कात्तिक २९ काठमाडौं ।
छठ पर्वको रौनकले बजारमा बाँसका सामग्रीको माग उच्च भएको छ।
आज मनाइने छठ पर्वमा बाँसको चोया बाट बनेको सामग्रीको सुनसरीमा व्यापार बढेको हो।
तिहार सकिए सँगै छठ पर्वमा बाँसको चोया बाट बनाइएको सामग्री प्रयोग गर्ने पारम्परा रहेकाले छठका लागि बजारमा डालो, नाङ्लो, डोको, कोनिया र ढाकी लगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भिड लागेको जनाएको छ।
विशेषगरी छठ पर्वमा पूजाका लागि फलफूल राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग बढी हुने गरेको स्थानीय व्यापारीहरु बताउ छन्।
रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले छठ पर्वका अवसरमा ३, ४ दिनमै ३ लाख रुपैयाँ भन्दा बढीका बाँसका सामग्री बिक्री हुने गरेको बताएका छन्।
स्वामीको अनुसार भोजपुर, धनकुटा लगायत पहाडी जिल्ला तथा भारतका विभिन्न स्थान बाट सामग्री खरिद गरेर ल्याई बिक्री गर्दै आएको बताएका छन्।
स्थानीय बजारमा पर्याप्त सामग्री नपाइने भएकाले पहाडी क्षेत्र तथा भारत बाट खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको बताएका छन्।
अर्का व्यापारी रितेश रौनियाले छठ पूजामा बाँसका सामग्री अनिवार्य जस्तै मानिने भएकाले यसको माग बढ्ने गरेको बताएका छन्।
तिहार सकिएलगत्तै छठको रौनक सुरु हुने र बिहान देखि बेलुकासम्म पसलमा ग्राहकको भीड लाग्ने गरेको बताएका छन्।
आफैँले सामग्री बनाउन नसकिने भएकाले भारत बाट खरिद गरेर ल्याई झुम्का, इनरुवा र इटहरी लगायत बजारमा बिक्री गर्दै स्थानीय व्यापारीहरुले बताएका छन्।
आज मनाइने छठ पर्वका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशय किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न गरिएको बताएका छन्।
