सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाको नवीलाई प्रदान

असोज २३ काठमाडौं ।

सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाको नवीलाई प्रदान गरिएको छ ।

सन् २०२६ को नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानुन र शान्ति प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै दक्षिण अफ्रिकी मुलको नवी पिल्लेलाई प्रदान गरिएको हो ।

अन्तर्राष्ट्रिय कानुनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै नवी पिल्लेलाई यस वर्ष २०२६ को पुरस्कार प्रदान गरिएको छ ।

दक्षिण अफ्रिकी मूलकी पिल्ले मानवअधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समय देखि सक्रिय व्यक्तित्व हुन् ।

नवीले संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्चस्तरीय जिम्मेवारीमा रहेर काम गरिसकेको र अन्तर्राष्ट्रिय फौजदारी न्याय तथा मानवअधिकार संरक्षणका क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेको छ।

पिल्लेले अन्तर्राष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन, मानवअधिकारको संरक्षण तथा द्वन्द्वका क्रममा भएका गम्भीर अपराधमा दोषीलाई जवाफदेही बनाउने प्रयासमा योगदान पु¥याएको अन्तराष्ट्रिय समचारहरुमा उल्लेख गरिएको छ ।

नोबेल शान्ति पुरस्कार विश्वभर शान्ति स्थापना, अन्तर्राष्ट्रिय सहकार्य र मानवअधिकारको संरक्षणमा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गरिदै आएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *