असोज २३ काठमाडौं ।
राहुघाट जलविद्युत आयोजना मर्मत पछि पुनः उत्पादन सुरु भएको छ ।
कालीगण्डकी नदीमा असोज ११ गते आएको बाढीले क्षति पु¥याएको राहुघाट जलविद्युत आयोजनाको मर्मतसम्भार सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरू गरिएको हो ।
नदीमा आएको बाढी बाट विद्युतगृहमा डुबान हुनुका साथै महत्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो ।
आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको एउटा युनिट–२० मेगावाट हिजो बाट सञ्चालनमा ल्याइएको जनाएको छ ।
आयोजनाको विद्युतगृह बाट विद्युत उत्पादन पछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुगेको थियो ।
भरखरै निर्माण सकिएर परीक्षणका रूपमा विद्युत उत्पादन सुरू गरेको आयोजना बन्द भएको थियो ।
आयोजनाको प्रवर्धक रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक गणेश केसीको अनुसार विद्युतगृहमा जम्मा भएको पानी हटाई बाढी बाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी एउटा युनिट सञ्चालनमा ल्याइएको बताएका छन् ।
अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताएका छन् ।
२०÷२० मेगावाट क्षमताका दुईवटा युनिट रहेको राहुघाट जलविद्युत आयोजना बाट उत्पादित विद्युत कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
