विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभाबाट पारित

असोज १६ काठमाडौं ।

राष्ट्रिय सभा बाट विधि विज्ञान प्रयोगशाला विधेयक पारित गरेको छ ।

राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधि सभा बाट विभिन्न संशोधनहरू सहित फिर्ता आएको सो विधेयकलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रश्तुत गरेका थिए ।

आज बसेको बैठकमा विधेयक माथि भएको विस्तृत छलफल पछि मन्त्री पुनले प्रतिनिधि सभा बाट गरिएको संशोधनलाई स्वीकार गरी विधेयक पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए ।

लामो समयदेखि प्रक्रियामा रहेको यस विधेयक पारितसँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनका लागि आवश्यक कानूनी आधार तयार भएको छ ।

यसले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको पहुँचलाई थप बलियो बनाउने अपेक्षा समेत गरिएको जनाएका छन् ।

मन्त्री पुनले यस विधेयकको महत्व बारे सदनलाई जानकारी गराउँदै यसको कार्यान्वयनले वैज्ञानिक अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *