असोज १५ काठमाडौं ।
बाढीले बगाएको गैँडा उद्धार गरी सोराहाको जनकौली वन क्षेत्रमा छाडिएको छ ।
बाढीले बगाएको पोथी गैँडा सुस्ता बाट उद्धार गरी सौराहाको जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको हो ।
नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पु¥याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताएका छन् ।
बगाएको गैँडा उद्धारका लागि निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. अमित सडौलाको नेतृत्वमा टोली सुस्ता पुगेको थियो ।
उद्धार गरी ट्रकमा राखेर ल्याइएको सो गैँडा अन्दाजी पाँच वर्षको रहेको जनाएको छ ।
यस अघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणीको बाढीले पनि केही गैँडा बगाएर भारतीय भूमिमा पु¥याएको थियो ।
Post Views: 2
