भदौ १३ काठमाडौं ।
परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ ।
टेलिफोन वार्ताका क्रममा दुवै देशमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार प्रति समवेदना व्यक्त गरेका छन् ।
दुवै नेताले रसुवा–जिलोङ बन्दरगाह क्षेत्रको विनाशकारी बाढीबाट दुवै देशमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
परराष्ट्रा मन्त्रालयको अनुसार दुवै नेता बीच बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको जनाएको छ ।
चीनमा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकको स्वदेश फिर्ती तथा उद्धारका विषयमा समेत छलफल भएको जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले विपद्को यस कठिन घडीमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक मानवीय राहत तथा सहयोगप्रति चिनियाँ विदेशमन्त्री वाङमार्फत चीन सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।
