विश्व स्वास्थ्य संगठनले बाढी पीडितका लागि आपतकालीन कोषबाट सहयोग घोषणा

भदौ १३ काठमाडौं ।

विश्व स्वास्थ्य संगठनले बाढी पीडितका लागि आपतकालीन कोषबाट सहयोग गर्ने घोषणा गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपालका बाढी पीडितको अत्यावश्यक स्वास्थ्य तथा अन्य आवश्यकताहरू पूरा गर्न ’दक्षिण–पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष’ बाट एक लाख ५० हजार अमेरिकी डलर दिने घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठन सम्वोधन तथा पुनर्उत्थानका प्रयासहरूमार्फत नेपाललाई सहयोग गर्न प्रतिबद्ध गरेको संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कायम मुकायम प्रमुख डा. निलेश बुद्धले बताएका छन् ।

यस अघि २६ अगस्टमा बाढी आएको केही घण्टाभित्रै विश्व स्वास्थ्य संगठनले तीन महिनासम्म करिब १० हजार मानिसको स्वास्थ्य आवश्यकता पूरा गर्न सक्ने ’इन्टरएजेन्सी इमर्जेन्सी हेल्थ किट’ र बहुउद्देश्यीय टेन्टहरूलगायत अत्यावश्यक आपत्कालीन चिकित्सा सामग्रीहरू परिचालन गरी पठाएको क्षेत्रीय कार्यालयले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

आवश्यकताका आधारमा, संगठनले प्रभावित क्षेत्रका लागि सर्जिकल मास्क, पन्जा, ह्यान्ड स्यानिटाइजर र अन्य चिकित्सा सामग्रीहरू थप परिचालन गरिने जानकारी दिएको छ ।

विज्ञप्तीका अनुसार संगठन स्वास्थ्य प्रतिकार्यको समन्वय गर्न, रोगको निगरानीलाई सुदृढ बनाउन, अत्यावश्यक स्वास्थ्य सेवाहरूलाई निरन्तरता दिन र निम्तिन सक्ने नयाँ स्वास्थ्य जोखिमहरूको पहिचान तथा सम्बोधन गर्न सरकार र साझेदारहरूसँग निकट रहेर काम गरिरहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *