आज सेयर बजार नेप्से परिसूचक २५९४ अंक कायम

भदौ ९ काठमाडौं ।

आज सेयर बजार नेप्से परिसूचक २५९४ अंक कायम भएको छ ।

आज ४ अर्ब १० करोडको सेयर कारोबार भएको छ ।

विकास बैंक ०.०८ प्रतिशत, निर्जीवन बीमा ०.३६ प्रतिशत, हालै सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १४.९९ प्रतिशत र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १४.९५ प्रतिशत बढ्यो ।

नाडेप लघुवित्तको ६.०० प्रतिशत, एभरेस्ट कलरको ५.७१ प्रतिशत र कालिन्चोक हाइड्रोपावरको ५.५६ प्रतिशत मूल्य बढ्यो ।

बैंकिङ ०.०३ प्रतिशत, फाइनान्स ०.९१ प्रतिशत, होटल तथा पर्यटन ०.७१ प्रतिशत, जलविद्युत् ०.४२ प्रतिशत र लगानी ०.०८ प्रतिशत घट्यो ।

जीवन बीमा ०.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत, माइक्रोफाइनान्स ०.२७ प्रतिशत, अन्य ०.१८ प्रतिशत तथा व्यापार ०.५७ प्रतिशत घट्यो ।

धौलागिरि लघुवित्तको १०.०७ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ४.२३ प्रतिशत र रिजलाइन इनर्जीको ३.८६ प्रतिशत मूल्य घट्यो ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *