भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगे भारतीय राजदूत

भदौ १८ काठमाडौं ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भारतीय राजदूत पुगेका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव रसुवा बाढीले पुरिएको जलविद्युत आयोजना स्थलमा जारी सुरुङ उत्खननको अवलोकनमा पुगेका हुन् ।

बाढी प्रभावित क्षेत्रमा पुगेका नवीनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाल चिलिमे नजिकै स्याफ्रुबेसीमा खटिएको प्राविधिक टोलीलाई भेटेँको उल्लेख गरेका छन् ।’

प्रावधिकहरूले चिलिमे पावर हाउसको सुरुङ खन्ने काम निरन्तर जारी राख्नुका साथै उद्धार कार्य निरन्तर अघि बढाएको नवीनले बताएका छन् ।

नेपाली सेना सँगै काम गरिरहेको भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरी सुरुङभित्र १०० मिटर अघिसम्म खोजी गरिसकेको बताएका छन् ।

सुरुङभित्र अझ अगाडि बढ्न भारी उपकरणहरू ल्याउने योजना बनाएको र हाम्रो र नेपाली टोलीले प्रगति गरिरहेको कठिन दलदले जमिनमा चुनौतीपूर्ण भूभाग प्रत्यक्ष रूपमा देखेँको उल्लेख गरेका छन् ।

परिस्थिति कठिन भए पनि दुवै भारतीय र नेपाली टोलीहरू अविचलित भई उद्धारको काममा निरन्तर लागिरहेको बताएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *