भदौ ४ काठमाडौं ।
आज राष्ट्रपति पौडेल सँग युरोपियन सङ्घकी राजदूत लोरेन्जोले बिदाइ भेट गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपियन सङ्घकी राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार बिदाइ भेट गरेकी हुन् ।
राष्ट्रपति भवन महाराजगन्जमा राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपियन सङ्घकी राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार बिदाइ भेट गरेकी छन् ।
भेटका क्रममा नेपाल र युरोपियन सङ्घबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा युरोपियन सङ्घकी राजदूत लोरेन्जोलाई बधाई समेत दिएको जनाएका छन् ।
Post Views: 1
