परराष्ट्रमन्त्री शिशिर खनाल सँग साउदीका राजदूत मोनैखिरको भेट

भदौ ४ काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनाल सँग साउदीका राजदूत मोनैखिर बीच शिष्टचार भेट वार्ता भएको छ ।

नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका हुन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरब बीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याण र आपसी हितका विभिन्न विषयमा छलफल भएको जनाएको छ ।

मन्त्री खनालको सचिवालयको अनुसार भेटका क्रममा दुवै पक्षले नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको महत्त्वलाई स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण तथा आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको जनाएको छ ।

भेटमा बोल्दै मन्त्री खनालले नेपाल र साउदी अरबबीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ महत्त्वपूर्ण अवसर र आगामी दिनमा दुवै देशबीच उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिँदै आपसी हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्ने विषयमा छलफल गर्नुपर्ने बताएका छन् ।

हालै क्षेत्रीय द्वन्द्वका क्रममा साउदी अरबले आफ्ना नागरिक तथा त्यहाँ रहेका नेपाली श्रमिकको सुरक्षा र संरक्षणका लागि अपनाएका सुरक्षात्मक उपायप्रति मन्त्री खनालले धन्यवाद समेत व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *