साउन २५ काठमाडौं ।
प्रधानमन्त्री बालेन शाह र चीनका राजदूत माओमिङ बीच भेटवार्ता भएको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री र राजदूत झाङ माओमिङ बीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीको सचिवालयको अनुसार शिष्टाचार भेटवार्ता भएको जनाएको छ । भेटका क्रममा दुई देश बीचको आपसी सम्बन्ध र आर्थिक, समाजिक विषयमा छलफल भएको जनाएको छ ।
प्रधानमन्त्री शाहले नेपाल र चीन बीचको सम्बन्ध छिमेकी रहेको बताउदै आर्थिक, समाजिक लगाएत बहुआयमीक क्षेत्रमा आपसी साझेदारी हुनेमा आफूले विश्वास व्यक्त गरेकाे बताएका छन् ।
चीनका राजदूत झाङ माओमिङले नेपाल सँगको सम्बन्ध विश्वाशीलो मित्रताको रहेको बताउदै नेपाल सँग बहुआयमीक क्षेत्रमा साझेदार गर्ने तयार रहेको बताएको छन् ।
आजै प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए ।
Post Views: 4
